¡¤ÆíÁý : 2024.4.19 ±Ý 19:02
·Î±×ÀΣü ȸ¿ø°¡ÀÔ
£ü±â»ç¸ð¾Æº¸±â
°úÇк§Æ®, ±¸Á¦¿ª
Ȩ > ´º½º > ´º½ºÁ¾ÇÕ > »çȸ
     
;रपतीका प्रत्यास&#
2017³â 04¿ù 26ÀÏ (¼ö) 09:04:08 ¹Ú³²±Ù ±âÀÚ nku88@naver.com
¶óÀÎ ¹êµå Æ®À§ÅÍ ÆäÀ̽ººÏ ³×À̹ö ±¸±Û msn

अशोक मैनाली/सोल,कोरिया।

दक्षिण कोरिया यति बेला राष्ट्रपती चुनावको चटारोमा छ । देश राष्ट्रपती बिहिन छ । प्रधानमन्त्रीले कार्यकारी राष्ट्रपतीको जिम्मेवारी लिएर देशलाई गति दिईरहेका छन् ।कोरियाली प्रायद्दिपमा तनाव उत्कर्षमा पुगेको छ । उत्तर कोरिया उसैकै शब्दमा युद्दको लागी तयारछ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प उत्तर कोरियालाई पाठ सिकाउन ढिलो भईसकेकोबताईरहेका छन् । दुबैका भनाई हेर्दा या सुन्दा तत्काल युद्द हुने छाँट देखिन्छ तर अहिलेको विश्व शक्ती सन्तुलनले युद्द नहुने र भईहाले तेस्रो विश्व युद्द हुने बिश्लेषण गर्नेको जमात बाक्लो छ ।
   
 
तर जे भएपनि उत्तर कोरियाको बिषयमा अमेरिकी निति नै दक्षिण कोरियाली निति हो । उत्तर कोरियाको बिषयमा शक्ती राष्ट्रको विचार समान छैनन् । रूस त उत्तरको पुरानो सहयोगी हो भने चीन अहिलेको मुख्य सहयोगी हो । उनिहरू उत्तर संग वार्तबाट समस्या समाधान हुनु पर्ने मत राख्छन् भने अर्का दुई शक्ती राष्ट्र जापान र अमेरिका तत्काल सैनिक जवाफदिनुपर्ने मत राख्छन् । यतिमा मात्र सिमित छैन दक्षिण कोरिया भित्रै पनि उत्तरलाई हेर्ने बिषयमा सतही रूपमा समान जस्तै देखिए पनि हेर्ने दृष्टिकोणमा आधारभूत भिन्नता रहेको छ ।प्रमुख दलहरू मध्ये सत्तारूढ सेनुरी दल उत्तर प्रति कडा हुनु पर्ने मत राख्छ भने प्रमुख विपक्षी कोरिया प्रजातान्त्रिक पार्टी नरम निती लिनुपर्ने मत राख्छ । कोरियाली प्रायद्दिप बारे यति चर्चा गरे पछि दक्षिण कोरियाको बहुप्रतिक्षित १९ औँ राष्ट्रपतिय चुनावको बारे चर्चा गरौँ ।

 
   
 

१९ औँ राष्ट्रपतिय चुनावी ताप

 अहिले मुख्य गरी आ-आफ्नो पार्टी भित्र प्राईमरी चुनाव प्रतिस्पर्धा गरी विजय हासिल गरेका मुनजेईन र आन् छल सु को चर्चा छ ।

मुन कोरियाको प्रमुख बिपक्षी दल प्रजातान्त्रिक दलको तर्फबाट र आन् छल जनता दलको तर्फबाट राष्ट्रपती पदका उमेद्वार हुन् । बिभिन्न मत सर्वेक्षणहरूमा मुन अगाडी देखिएका छन् । धेरैको आँकलन पनि उनले नै राष्ट्रपती पदको बाजी मार्ने बिश्लेषण गरेका छन् । तर बौद्दिक छवि बनाएका आन् छलको सम्भावना पनि उत्तिकै बलियो छ ।चुनाव अघिका बिश्लेषण र मतपरिणाम बेला बेलामा फरक र कतिपय अवस्थामा अप्रत्यासित पनि हुने गरेका छन् ।

 मुनजे ईन र नेपाल साईनो

कोरियाको राष्ट्रपति चुनावले नेपाललाई के असर गर्छ भन्ने कुरा पक्कै पनि आउँछ नै ।
   
 

तर दक्षिण कोरिया जस्तो मुलुकको राष्ट्रपति परिवर्तन हुँदैमा नेपाल -कोरिया सम्बन्धमा फरक पर्ला भनेर बिश्लेषण गर्नु हतारो मात्र होईन केटाकेटीपन पनि हो । कोरियाको कुटनैतिक निति यहाँका कुटनैतिक तवर र स्थाई सरकार भनिने कर्मचारीहरूले नै तय गर्ने हो । त्यसैले जो राष्ट्रपति आएपनि तात्विक फरक पर्दैन।

तर नेपालीहरूको आकर्षक गन्तव्यभनिएको कोरियाको नयाँ राष्ट्रपतिले लिने नयाँ ईमिग्रेसन नितीले केहि फरक भने पक्कै पार्न सक्छ । कार्यकारी राष्ट्रपतिले उसको पार्टीको निती अथवा चुनावमा उसले पेश गरेका एजेण्डा लागु गर्न प्रयत्न गर्नेछ । ईमिग्रेसनकै नितीमा अहिलेका दुबै उमेद्वारको निती खासै फरक छैन । ईमिग्रेसन नितिमा सेनुरी दल भन्दा धेरै उदार छन् दुबै पार्टी ।

   
 
तर त्यो भन्दा नि नेपालीहरूलाई यसपटक राष्ट्रपती चुनाव प्रति धेरै नै चासो लाग्नु राष्ट्रपतीका मुख्य दाबेदार मुनजेईनको नेपाल साईनो नै हो । उनले पटक
-पटक नेपालको भ्रमण गरिसकेका छन् । स्रोतको दाबी अनुसार नेपाल भ्रमण गर्ने उनि अहिले सम्मकै उच्च कोरियाली राजनिनिज्ञ हुन् । तर उनको नेपाल भ्रमण राजनैतिक भने थिएन।

 

 

हिमालमा ट्रेकिंग देखि भूकम्प पिडितलाई सहयोग सम्म
   
 

 सन् २००४ मा उनि नेपाल घुम्नकै लागि गएका थिए । नेपालका हिमालमा ट्रेकिंग गर्नु उनको रूची हो। उनले कोरियाली सन्चारमाध्यामलाई अन्तरवार्ता दिंदा भनेका छन् नेपालका हिमाल मेरा प्रेरणाका स्रोत हुन्।कोरियाको एक सन्चार माध्याममा रिपोर्ट छउनले नेपालमा सामान्य पर्यटक झैँ ट्रेकिंग गरे र गाईड संगै खाना खाए ।सामान्यत गाईड र पर्यटकले छुट्टा-छुट्टै खाना खाने प्रचलन छ। सन् २००४ मा हिमालको काखमा आनन्दले केहि दिन बस्ने उनको रहर भने पुरा हुन पाएन ।उनले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्कनु पर्ने भयो । कारण थियो तत्कालिन राष्ट्रपति रोह मुन हेउन माथी संसदमा महाभियोग लाग्नु ।
   
 

 हुनत उनले राष्ट्रपतिको सेक्रेटरीबाट राजिनमा दिएर गएका थिए तर राष्ट्रपतीमाथी मआभियोग नै लागेपछि उनि फर्कन बाध्य भए । त्यतिखेरको तनावग्रस्त राष्ट्रिय राजनितीमा उनले तनावबाट मुक्त हुन नेपालको हिमाल रोजेको कतिपयको भनाई छ।तर त्यो भन्दा पनि नेपालीको मन जित्ने प्रयास त्यति बेला गरे जतिबेला नेपाल सहयोगको हात फैलाईरहेको थियो । २०७२ सालको बिनाशकारी महभूकम्पले पिडित नेपालीको दुखेको घाउमा मलम लगाउन तिनै मुन जेईन पुगे । भनिन्छ दुखको बेला साथ दिने भगवान जस्तै हुन्छ । हो नेपालीहरूको लागी पनि उनले गरेको सहयोग अतुलनिय छ ।
   
 

  बिकसित देशको उच्च राजनितिज्ञ नेपालीको दुखेको घाऊमा मलम लगाउने र हिमाल ट्रेकिंग गर्ने उदेश्य राखेर जान्छ भने हाम्रो लागी त्यो भन्दा खुसीको कुरा अरू के नै होला र !जहाँ सम्म राष्ट्रपतिको कुरा छ ,राष्ट्रपती बनाउने कोरियाली जनताले हो ।

कोरियाली जनताले उनिहरूको मुलुकको हित गर्न सक्ने ठान्नेलाई राष्ट्रपति छान्ने हुन् । हामीले हाम्रो देशलाई मायाँ गर्नेलाई शुभेक्षा राख्ने भन्दा अरू के नै गर्न सक्छौँ र ?
   
 

पुर्वराष्ट्रपती पार्क ग्युन ह्रेको भ्रष्टाचार काण्डपछि दक्षिण कोरियाली जनता सचेत ढँगले पछिल्ला राजनैतिक घटनाक्रमलाई गहिरो गरि हेरिरहेका छन् ।

उनिहरूले आफ्नो एकतालाई पुर्वराष्ट्रपति विरूद्दको प्रदर्शनमा मानवसागर नै उर्लिएर विश्वसामु देखाईसकेका छन् । सो प्रदर्शनमा उनिहरूको अनुशासन अनुकरणिय यस अर्थमा पनि थियो कि बीस लाख भन्दा बढि सहभागी प्रदर्शनमा टोडफोडको त कुरै छोडौँ प्रदर्शन सकिएपछि जम्मा भएका फोहोरहरू समेत उनिहरूले आ-आफै उठाएर लगे । हामीले पनि यसबाट सिक्न ढिला भईसकेको होईन र ?

तस्विर स्रोत:गुगल/बिभिन्न कोरियाली सन्चार माध्याम

 

¹Ú³²±Ù ±âÀÚÀÇ ´Ù¸¥±â»ç º¸±â  
¨Ï Çì·²µåŸÀÓÁî(http://www.heraldtimes.co.kr) ¹«´ÜÀüÀç ¹× Àç¹èÆ÷±ÝÁö | ÀúÀ۱ǹ®ÀÇ  

     
Àüü±â»çÀÇ°ß(0)  
 
      ÀÚµ¿µî·Ï¹æÁö¿ë Äڵ带 ÀÔ·ÂÇϼ¼¿ä!   
   * 200ÀÚ±îÁö ¾²½Ç ¼ö ÀÖ½À´Ï´Ù. (ÇöÀç 0 byte/ÃÖ´ë 400byte)
   * ¿å¼³µî ÀνŰø°Ý¼º ±ÛÀº »èÁ¦ ÇÕ´Ï´Ù. [¿î¿µ¿øÄ¢]
Àüü±â»çÀÇ°ß(0)
ȸ»ç¼Ò°³¤ý±â»çÁ¦º¸¤ý±¤°í¹®ÀǤýºÒÆí½Å°í¤ý°³ÀÎÁ¤º¸Ãë±Þ¹æħ¤ýû¼Ò³âº¸È£Á¤Ã¥¤ýÀ̸ÞÀϹ«´Ü¼öÁý°ÅºÎ  

¼­¿ïº»»ç:¼­¿ï½Ã °­³²±¸ ¿ª»ïµ¿727-14ÆòÈ­B/D6Ãþ£ü ÃÑ°ýº»»ç: ¼­¿ïƯº°½Ã °­µ¿±¸ dz¼º·Î54±æ 40-7
µ¶ÀÚÁ¦º¸ ¹× ±¸µ¶·±¤°í¹®ÀÇ Tel 02)986-4005 | ±ä±ÞÀüÈ­ : 010-3221-3734 | Fax 02)986-4006
µî·ÏÀÏ : 2010³â3¿ù10ÀÏ | µî·Ï¹øÈ£ : ¼­¿ïƯº°½Ã ¾Æ01164 | ¹ßÇàÀÎ : ¹Ú³²±Ù£üÆíÁýÀÎ : ¹Ú³²±Ù£üû¼Ò³âº¸È£Ã¥ÀÓÀÚ : ¹Ú³²±Ù
Copyright ¨Ï 2006 Çì·²µåŸÀÓÁî. All rights reserved. mail to webmaster@heraldtimes.co.kr